वीरगंज, १९ चैत्र । पर्सा क्षेत्र नं।२ का सांसद बिचारी प्रसाद यादवको संसदिय बिकास कोषबाट आज एक कार्यक्रमका बिच खेलकुद समाग्री बितरण गरिएको छ । वीरगंज उपमहानगरपालिका वडा नं। २३ प्रसौनी बिर्तामा फुटबल खेलाडीहरुलाई सो खेलकुद समाग्री बितरण गरिएको हो ।
रंगपुर १९ चैत्र । राष्ट्रीय योजना आयोगका सदस्य डा.कृपासिन्धु चौधरीले खेलाडीहरुले खेलको माध्यमले राष्ट्रको नाम उच्चो पार्ने गरेको बताए ।
रंगपुर १५ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज भएको पहिलो सेमी फाइनल खेलमा सेमिफाइनल खेलमा युथ एकेडमी क्लब बीरगंज र सिमरा एकेडमी क्लब बारा बीच प्रतिस्पर्धा भयो ।
रंगपुर १४ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज छैठौ दिन भएको खेलमा ट्राई बे्रकरमा छाता पिपरा बारा बिजयी भएको छ ।
वीरगंज १२ चैत्र । मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको उपाधि मनिस मान लामाले हात पारेका छन् । फिटनेश स्टुडियो नेपालको आयोजनामा आज वीरगंजको नेशनल मेडिकल कलेजमा भएको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको नेशनल मेडिकल कलेज वीरगंजका प्रबन्ध÷निर्देशक बसरुदिन अंसारी, नारायणी अञ्चल प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक सुर्य प्रसाद उपाध्यायले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
रंगपुर १२ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज चौथो दिन भएको खेलमा ट्राई बेकरमा सशस्त्र प्रहरी बेश क्याम्प पिलुवा बिजयी भएको छ । खेलको निर्धारित समय अवधीमा सशस्त्र र फूटवल क्लब बीरगंजले समान १÷१ गोल गरेका थिए ।
वीरगंज ११ चैत्र । वीरगंजमा हुन गइरहेको मिस्टर नारायणी श्री खुल्ला सुगठन प्रतियोगिताको तयारी पुरा भएको छ । फिटनेश स्टुडियो नेपालको आयोजनामा चैत्र १२ गते वीरगंजको नेशनल मेडिकल कलेजमा हुने खुल्ला शारीरिक सुगठन प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका महासचिव सन्तोष जनाएका छन ।
रंगपुर ११ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज तेश्रो दिन भएको खेलमा सीमरा एकेडेमिक क्लब बिजयी भएको छ ।
रंगपुर १० चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज दोश्रो दिन भएको खेलमा युनिट युथ क्लब छातापिपरा बिजयी भएको छ ।
रंगपुर ९ चैत । मधुवन मथौल गाविसद्वारा आजदेखि प्रथम नकआउट पूmटबल प्रतियोगिता २०७३ सञ्चालन गरिएको छ ।प प्रतियोगिताको मधुवन मथौलका सचिव प्रदीप रिजालले उद्धघाटन गरेका थिए । उद्धघाटन कार्यक्रममा रीतनारायण चौधरी, वासुदेव महतो, पूर्व गाविस अध्यक्ष लालदेव उराँव र नेपाल राष्ट्रय माध्यामिक बिद्यालय सथवल सियरहीका प्रधानाध्यापक भागवत प्रसाद थारु लगायतले मन्तव्य व्यक्त गरेका थिए । आजको उद्धघाटन खेल आमादेवी युवा स्पोर्ट्स क्लब बढनियार, र जनसेवा साझा युवा क्लब सखुवा प्रसौनीवीच भएको थियो । आज भएको खेलमा जनसेवा साझा युवा क्लब सखुवापरसौनी १ गोलले विजयी भएको छ । आमोदेवी युवा स्पोर्ट्स क्लबबढनियारलाई ० को विरुद्ध १ गोलले हराई सखुवा प्रसौनी विजयी भएको हो । १७ गते सम्म चल्ने प्रतियोगितामा बार पर्साका १० वटा फूटवल टिमको सहभागिता रहेको र प्रतियोगित संचालनको लागि गाविसले बजेट बिनियोजन गरेको स्थानीय दिनेश तिमिल्सीनाले बताएका छन ।
चैत्र ५,पोखरा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरा रंगशालाभित्र बनेको विभिन्न टेनिस कोर्टमध्ये शनिबार तीनवटा टेनिस कोर्टको एकै पटक उद्घाटन गरिएको छ । टेनिस कोर्ट निर्माणमा सहयोग गर्ने दाताहरुलेनै टेनिस कोर्टको उद्घाटन गरेका हुन् । टेनिस कम्प्लेक्स हाताभित्र निर्माण भएको कोर्र्ट नम्बर ३ बि एण्ड बि टेनिस कोर्टको बिमल बस्यालले, कोर्ट नम्बर ४ सूर्य–प्रेम टेनिस कोर्टको किरण केसीले तथा कोर्ट नम्बर ५ नेपाली हङकङ्ग टेनिस कोर्टको हङकङ नेप्लीज टेनिस सोसाइटीका अध्यक्ष मगेन राईले उद्घाटन गरेका हुन् ।
बारा , २९ माघ । त्रिभूवन आर्मी क्लबलाई टाईब्रेकरमा स्तब्ध पार्दै सिएमजी संकटा क्लबले सिमरा गोल्डकपको आठौं संस्करणको उपाधी जितेको छ ।
सिमरा । सरस्वती युथ क्लबलाई सडन डेथमा पराजित गर्दै साविक बिजेता प्राइम पोलिक्लिनिक बिजय युथ क्लब सिमरामा जारी रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सहारा क्लब पोखरालाई हराउँदै वीरगन्ज युनाईटेड क्लब सिमरामा जारी आठौं सिमरा गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
बिभागिय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पन्छाउदै सिएमजी संकटा क्लब रुस्लान आठौं सिमरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा शुक्रवार भएको खेलमा एपिएफमाथी २–० को जित निकाल्दै संकटा प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।
वीरगंज, २१ माघ । नारायणी रंगशाला वीरगंजको पुनः निर्माणको लागि आज देखि डिपिआर (डिटेल प्रोजेक्ट रिपोर्ट)कार्य शुरु भएको छ ।
सिमरा, २० माघ । आयोजक नव जनजागृति युवा क्लबलाई हराउदै सरस्वती युथ क्लबले रुस्लान आठौं सिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा बिहिवार भएको उदघाट्न खेलमा आयोजकमाथी २–० को जित निकाल्दै सरस्वतीले जित हात पारेको हो । जितसंगै सरस्वती प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
बारा १७ । राजधानी बाहिरकै प्रतिष्ठत फुटवल प्रतियोगिताको रुपमा रहेको रुस्लान सिमराको गोल्डकपको आठौ संस्करणको तयारी पुरा भएको छ । आयोजक नव जनजागृति युवा क्लबले सोमबार सिमरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
वीरगञ्ज, ११ माघ । वीरगञ्जमा जारी प्याब्सन जुनीयर नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो खेलमा ट्रिनिटी हाइटेक मावि विजयी भएको छ । मंगलबार बिहान भएको खेलमा ट्रिनिटी माविले सेन्ट जेभियर्स माविलाई एकका विरुद्ध चार गोलले पराजित गरेको हो ।
वीरगञ्ज, ११ माघ । डिएभी र कञ्चनजंघा मावि, वीरगञ्जमा जारी अन्तर विद्यालय नकआउट कबड्डी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको छात्र तर्फको सेमीफाइनल खेलमा जित हात पार्दै दुवै टिम फाइनलमा प्रवेश गरेका हुन् ।