रंगपुर ५ चैत्र बिधुत उपभोक्ता समिति गादीको छैठौ साधारण सभाले अध्यक्षमा पून दल बहादुर रानालाई सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा रामकुमार नेपाल सचिवमा बिजय गैरे सह सचिवमा महम्मद नौसाद आलम कोषाध्यक्षमा जगदीश भैया सर्वसम्मत रुपमा चयन भएका छन । त्यसैगरि सदस्यमा बीरेन्द्र चौधरी मुनेश्वर महतो,रामचन्द्र गौरो निर्मला भूषाल श्रीराम अधिकारी सूर्य कडेल बिष्णुदयाल दास चयन भएका छन । साधारण सभामा सचिव बिजय गैरे र कोषाध्यक्ष जगदीश भैयाले प्रस्तुत गरेको प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।
वीरगञ्ज, ४ चैत । चैत ३ गते बिहीबार बसेको जिल्ला सुरक्षा समितीको बैठकले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पर्सा जिल्लामा वैध/अवैध हातहतियारको खोजी कार्य सुरु गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले कानुन बमोजिम अनुमति लिएको/नलिएको बन्दुक, पेस्तोल जस्ता हातहतियार यहि महिनाको मसान्त भित्र बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार स्थानीय तह निर्वाचन अवधिभर कानुन बमोजिम अनुमति प्राप्त गरेका वा नगरेका हातहतियार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउन आव्हान गरेको छ । वैध वा अवैध हतियार बुझाउन अटेर गर्नेहरुलाई कानुन बमोजिम कारबाही गर्ने सुरक्षा समितीका अध्यक्ष केशवराज घिमिरेले जानकारी दिए ।
बीरगंज ५ चैत । नयाँ शक्ति पार्टी पर्सामा दुईवटा जिल्ला समिति संचालनमा आएका छन । आज पत्रकार सम्मेलनको आयोजना गरि हरि मण्डलको अध्यक्षतामा नयाँ जिल्ला समिति निर्माण गरिएको जानकारी दिइएको हो । नेपाल पत्रकार महासंघ पर्सा शाखाको ज्योती सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा, बलिराम साहको अध्यक्षतामा रहेको समितिले बैठक नवसालेको ,मनोमानी रुपमा केन्द्रीय परिषदमा नामावाली पठाएको,तानाशाही शैलीमा पार्टी संचालन गरेको ,कार्यालय संचालन गर्न नसकेको जिल्ला समिति निष्क्रिय रहेको कार्यकर्ता पंक्तिलाई हतोत्साही गर्ने गरि नेतृत्वले ब्यवहार गरेकोले नयाँ समिति बनाउनु परेको हरि मण्डलले बताए ।
बीरगंज ५ चैत । बीरगंजको औधोगीक क्षेत्रका चर्चित ब्यक्तिहरु संघीय समाजवादी फोरम नेपालबाट राजनीतिक क्षेत्रमा सक्रिय हुने भएका छन । सत्ताको नजिक रहेर आफनो अनुकल सबै पार्टी र नेतालाई उपयोग गर्न सक्ने उधोपतिहरु आफै राजनीतिक दलमा प्रवेश गरेर राजनीतिमा सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसो त पहिला पनि उधोपतिहरुले बिभिन्न राजनीतिक दलहरुमा आफूलाई समाहित गर्दै आएका हुन । तर पछिल्लो पटक औधोगिक क्षेत्रकै केही ब्यक्तिहरुको गलत प्रवृतिका कारण उधोगीहरु आफै राजनीतिमा सक्रिय हुने निष्कर्षमा पुगेको बताइएको छ । चैत्र ६ गते पर्साका पोखरीयामा हुन गइरहेको समाजवादी फोरमको पार्टी प्रवेश कार्यक्रममा उधोगीहरुलाई पार्टीमा स्वागत गरिने पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले बताए ।
कलैया, ३ चैत . नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बाराले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । नेपाल पत्रकार महासंघ बारा र नेपाल प्रेस युनियन जिल्ला कार्य समिति बारा बीच फाल्गुन २३ गते भएको सहमति अनुसार बिहीबारबाट आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको प्रेस युनियन जिल्ला कार्यसमिति बाराले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
पोखरीया नगरपालिकामा नेकपा एमालेको भेला सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरीले नेकपा एमाले र मधेशको सदियौ देखि नै सम्बन्ध रहेको र एमालेकै कारण मधेशबाट सामन्त र शोषकहरुको उन्मुक्ति भएको बताए ।
चैत २ बिरुवागुठी । नेकपा एमालेको तर्फबाट पर्साको क्षेत्र नं ३ बाट निर्वार्चित सभासद राजकुमार गुप्ताले आज एक समारोहकावीचमा आफनो निर्वाचन क्षेत्रमा पूलको शिलान्यास गर्नु भएको छ ।
बीरगंज २८ फाल्गुन । बीरगंजका ब्यवसायीहरुले राजनीतिक रुपमा अगाडि बढेर समाजको नेतृत्व लिने उदघोष गर्दैै राजनीतिक पार्टीमा प्रवेशको घोषणा गरेका छन । नेपालको निर्माण ब्यवसायमा अग्रणी संस्था पप्पु कन्ट्रक्सनका संचालक हरिनारायण रौनीयार बीरगंजको सरावगी ग्रुपका संचालक बिजय कुमार सरावगी र बीरगंजकै सत्य चलचित्र मन्दीरका संचालक प्रमोद साहले संघीय समाजवादी फोरम नेपालमा प्रवेशको घोषणा गरेका हुन ।
बीरगंज १८ फागुण । नेपाल पत्रकार महासंघ पर्सा शाखाको एघारौ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः श्याम बन्जारा निर्वाचित भएका छन ।
बीरगन्ज, १४ फागुन । नेपाल पत्रकार महासंघ पर्साको शाखाको आगामी फागुन १७ गते हुने जिल्ला अधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा रहेको संयुक्त प्रगतिशिल व्यवसायिक पत्रकार समूहले उम्मेदवारी घोषणा गरेको छ । रेडियो वीरगंज परिसरमा शनिवार आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षमा श्याम बन्जारा ,उपाध्यक्षमा अनुप तिवारी ,समावेशी उपाध्यक्षमा मायामितू न्यौपाने , सचिवमा युवराज खड्का, सहसचिवमा खुल्ला तर्फ दिपक गौतम, र समावेशी तर्फ आर.के.पटेल र कोषाध्यक्षमा भुषण यादव उम्मेदवार हुने घोषणा भएको हो ।
हेटौँडा, १० फागुन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवन भत्काएर शुरु भएको सडक अतिक्रमण हटाउने काम मकवानपुरमा अहिले राप्तीरोडका घरहरु भत्काउन चलिरहेको छ ।
बीरगंज ८ फागुन । हरिखेतान बहुमुखी क्याम्पसको ३५ औ वार्षिकोत्सव आज एक भव्य समारोहका विच सम्पन्न भएको छ । क्यापस परिसरमा आयोजित कार्यक्रमको नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नाष्टका भाइस चान्सलर प्रा डा. जीवाराज पोखरेलले उदघाटन गरे ।
फागुन ८ ठोरी आफ्नै गाउँमा स्वास्थ्य परीक्षण गर्न पाएपछि ९० वर्षिया नन्दकला कार्की दङ्ग थिइन् । वरिष्ठ चिकित्सकसंग स्वास्थ्य परीक्षण पछि चाउरी परेको अनुहार उज्यालो पार्दै कार्कीले भनिन्–उपचार गर्न सहर जान बुढो शरीरलाई गाह्रो थियो । तर, आफूलाई लागेको रोग सम्बन्धि विशेषज्ञ डा। गाउँमा नै आएर परीक्षण गरेकाले ज्यादै खुशी लागेको छ । निशुल्क स्वास्थ्य परीक्षण संगै औषधी पनि सित्तैमा उपलब्ध गराएको छ । उनी जस्तै ७५ वर्षिय लिलाबहादुर खड्काको प्रतिक्रिया पनि त्यस्तै थियो । बाटोको दुरावस्थाले गर्दा सहरमा उपचार गर्न जान बुढौली शरीरलाई ज्यादै कठिन कुरा थियो ।
बीरगंज ७ फाल्गुन । नेपाल–भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक कुमार बैधले प्रजातन्त्र दिवसको दिन नेपालीहरुकालागि महत्वपूर्ण रहेको बताए । मंचले होटेल पूजनमा आयोजना गरेको कार्यक्रममा बैधले यस्तो बताएका हुन । फाल्गुन ७ गते १०४ वर्षे राणाहरुको जहाँनिया शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको दिन भएकोले पनि यसको महत्व रहेको उनको भनाई थियो ।
वीरगञ्ज, ७ फागुन । बीरगंजबाट प्रशारण हुदै आएको इन्द्रेणी एफएम ९७.६ मेगाहर्जको १० औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जना महिला सहित ४५ जनाले रक्तदान गरेको रेडियोका अध्यक्ष बिनोद रौनीयारले बताए । रक्तदान कार्यक्रमको प्राध्यापक एवम् चर्चित रेडियो श्रोता कुरबान हवारीले शुभारम्भ गरेका थिए ।
३ फागुन,२०७३ काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह–एनएफपीजेले आफ्नो स्थापनाको २० औं वर्षगाँठको अवसर पारेर आगामी २०७४ साल बैशाख १३ गते राजधानीमा ‘फोटो कन्सर्न राष्ट्रिय फोटो पत्रकारिता अवार्ड– २०७३’ आयोजना गर्ने भएको छ ।
वीरगञ्ज, ३ फागुन : नेपाल सरकारले नारायणी उपक्षेत्रीय विकास समितीको अध्यक्षमा प्रधायापक विनोद गुप्तालाई नियुक्ती गरेको छ । केहि समय अघि देखि रिक्त रहेको अध्यक्ष पदको आज बसेको मन्त्री परिषदको बैठकले नियुक्त गरेको हो । सदस्यहरुको भने नाम गइसकेपनि पत्र आइपुगेको छैन ।
वीरगंज - गोपालचन्द्र गौतम प्रतिष्ठानको आयोजनामा सोमबार छैठौं गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि सांसद् अनिल रुँगटाले नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा सो पुरस्कार प्रदान गरेका हुन् ।
कलैया, १ फागुन ः कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउन माग गर्दै आन्दोलनमा रहेका कलैयावासीले आइतबार २५ औं दिन पनि धर्ना दिइरहेका छन् ।