logo

अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा घाइते

हेटौँडा, २८ वैशाख । हेटौँडा उपमहानगरपालिका-१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

5/10/2017

बाढी पस्दा ३२ घरधुरीमा क्षति, १९ परिवार विस्थापित

डोटी, २८ वैशाख । डोटीको शिखर नगरपालिका–८ तिलतालीमा बाढी आउँदा ३२ घरधुरीमा क्षति पुगेको छ । बस्ती माथिबाट बगेको खहरे खोलाले ढुङ्गामाटो तथा रूख बगाएर ल्याएपछि खोलाले धार परिवर्तन गरी गाउँमा पसेपछि सो क्षति भएको हो ।

5/10/2017

नक्कली पेस्तोल र चक्कुसहित पाँचजना पक्राउ

दाङ, २८ वैशाख । दाङको तुलसीपुरबाट पाँचजना व्यक्ति नक्कली पेस्तोल र चक्कुसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले मंगलबार राति तुलसीपुरको बरुवा गाउँ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको छ ।

5/10/2017

अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

काठमाडौँ, २८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

5/10/2017

लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौँ, २७ वैशाख । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज दिउँसो गोङ्गबुचोकमा लागुऔषध लिएर हिँडेको अवस्थामा बाराका सुरजकुमार पासवान र सन्तोष सराफलाई पक्राउ गरेको हो ।

5/10/2017

एमाले कार्यकर्ताको हत्या पछि जुगु शोकमग्न

काठमाडौं । हिजो बेलुका दोलखाको गौरीशंकर गाउँपालिकाअन्तर्गत वडा नं. २ जुगुँमा माओवादी आक्रमणबाट एमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्या पछि सो गाउँ शोकमग्न बनेको छ ।

5/10/2017

सतासी जनामाथि निगरानी

चितवन, २७ वैशाख । निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर आजबाट निगरानी बढाएको छ ।

5/9/2017

सप्तरीका दुई दुर्घटनामा ११ जना घाइते

राजविराज, २७ वैशाख । सप्तरीका दुई छुट्टाछुट्टै स्थानमा मङ्गलबार भएका सवारी दर्घटनामा परी ११ जना यात्रु घाइते भएका छन् ।

5/9/2017

बुद्ध जयन्ती मनाइँदै

वैशाख शुक्ल पूर्णिमाका दिन बुधबार देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

5/9/2017

ट्रक त्रिशूलीमा खस्यो, दुईको उद्धार

चितवन, २७ वैशाख । काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ट्रक आज बिहान ७ बजेतिर इच्छाकामना गाउँपालिका–४ लेवाटारमा पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खस्दा दुईजना घाइते भएका छन् ।

5/9/2017

बीस दिनको उपचारपछि घर फर्किदैँ राउटे कपिल, सभामुखलाई भने: हाम्रो भत्ता बढाइदिनुस्

काठमाडौँ, २६ वैशाख । स्रोह महिनाअघि अछामको भैरवस्थान गाविसको जङ्गलमा सुतिरहेका बेला जलेर गम्भीर घाइते १८ वर्षीय कपिलबहादुर शाही ९राउटे०को स्वास्थ्यमा सुधार आएपछि भोलि घर फर्किंदै छन् ।

5/9/2017

लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना

बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।

5/8/2017

वाटर इन्डस्ट्रीमा पेट्रोल बम प्रहार

काठमाडौँ, २५ वैशाख । शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले आज बिहान पेट्रोल बम प्रहार गरी क्षति पु¥याएको छ । कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिनुभयो ।

5/8/2017

शताब्दी पुरुष उपाधि दिएकामा स्वागत

काठमाडौँ, २५ वैशाख । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् ।

5/8/2017

निर्वाचनका लागि आजदेखि मुग्लिन सडक बन्द नगरिने

रत्ननगर (चितवन), २५ वैशाख । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै आजदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ ।

5/7/2017

जग्गा किर्ते गरेको खुलासा

वीरगञ्जमा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा जग्गा किर्ते गरेको रहस्य खुलेको छ ।

5/7/2017

राष्ट्रपति भण्डारी र प्रधानन्यायाधीश कार्कीबीच शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच शिष्टाचार भेट भएको छ ।

5/7/2017

बम बनाउने सामग्रीसहित पक्राउ

गौशाला, २४ वैशाख । प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्तालाई आज बम बनाउने सामग्रीसहित पक्राउ गरेको छ ।

5/7/2017

बालकको मृत्यु

राजविराज, २४ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–६ मा स्कुल बसको ठक्करबाट आज एक बालककको मृत्यु भएको छ ।

5/7/2017

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामरा उडाउँदै  गरेका भारतीय पर्यटकको क्यामरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन क्यामेरा उडाउँदै गरेको अवस्थामा प्रहरीले एक भारतीय पर्यटकको ड्रोन क्यामरा नियन्त्रणमा लिएको छ ।

राजनीतिकर्मी साहको पहलमा बिद्यालयको भवन बन्दै, एक कार्यक्रमका वीच गरियो शुरुवात

वीरगंज । पकाहा मैनपुर गाउँपालिकाको वडा नं ४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालय श्यामपुर भेलाहमा नयाँ भवनको बिहिवार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.