सरकारले सात वटै प्रदेशमा मुख्यमन्त्रीको कार्यालय व्यवस्थापनका लागि सचिव खटाउने भएको छ। यसका लागि सरकारले सचिवको नाम समेत टुंगो लगाइसकेको छ।
वीरगञ्ज महानगरपालिका २१ पर्सामा रहेको हिमालयन डिष्ट्रिलरीले सञ्चालक र शेयर सदस्य विनै १७ औं साधारण सभा गरेको छ । विभिन्न ७ वटा विषयमा छलफल गर्ने भनी २९ मंसिरमा डाकिएको साधरणसभामा शेयर सदस्य मात्रै नभएर सञ्चालक पनि अनुपस्थित रहे ।
पर्साको समानुपातिक तर्फपनि सघीय समाजवादी फोरम नेपाल अग्रस्थानमा रहेको छ । बारा जिल्लामा भने प्रत्यक्ष तर्फ खराव नतिजा ल्याएको नेपाली कांग्रेसले पहिलो स्थान ओगटेको छ ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले नेकपा माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकता हुने कुरमा कुनै संशय नरहेको बताएका छन
प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षमा जस्तै समानुपतिकतर्फ पनि नेकपा एमालेले अग्रता कायमै राखेको छ।
नेपालगञ्ज– राष्ट्रिय गौरवको आयोजनामध्येको बाँकेको सिक्टा सिँचाइ आयोजना अन्तर्गत डुडुवा नहर प्रणाली निर्माणको काम निर्माण कार्य सुरु भएको डेढ वर्षमा करिब २ प्रतिशत मात्रै अघि बढेको छ।
वीरगंज २४ मंसिर । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदमा भारी बहुमतले निर्वाचित भएका छन् ।
वीरगन्ज, २४ मंसिर । बाराको प्रदेशसभा निर्वाचनमा बामगठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
पर्सा, २४ मङ्सिर । पर्सा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा फोरम राजपा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
पर्सा, २४ मङ्सिर । पर्सा क्षेत्र नम्बर २ को १ मा नेपाली कांग्रेसका राजेश्वर साह तेली विजयी भएका छन् ।
बीरगंज २२ मंसिर पर्सा क्षेत्र नम्बर ४ को १ मा नेपाली काङ्ग्रेसका शंकर चौधरी ७हजार ४ सय ८८ मत प्राप्त गरि निर्वाचित हुनु भएको छ
वीरगंज, मंसिर २३ । पर्सा क्षेत्र नम्बर १ क प्रदेशसभा सदस्य पदमा संघीय समाजवादी फोरम नेपालका जन्नत अन्सारी विजयी भएका छन् ।
पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ ।
देश बिनासका एक जना सम्वाहक हरिनारायण रौनीयार मधेश आन्दोलनका शहीदको फोटो देखाउदै भोट माग्दै छन ।
पर्सामा बाम गठबन्धनको अवस्था सुदृढ बनेको छ । गठबन्धनका कारण मतदातामा उत्साह समेत संचार भएको छ ।
पहिलो मधेस आन्दोलनमा कांग्रेस छोडेर फोरममा लागे । त्यसपछि निरन्तर मधेसका लागि संघर्ष गरिरहे । पछिल्लो ६ महिनाको नाकाबन्दीमा दिनहुँ वीरगन्ज रक्सौल नाकामा धर्नामा बसे । तर, जब पार्टीबाट टिकट दिने बेला आयो तब श्रीमतीलाई दिइयो । आफूलाई मसिहा भन्नेहरु तेल तस्करी गरे । पैसा लिएर ड्राइपोर्टबाट ट्रक काठमाडौँ पुर्याए ।
संघीय समाजवादी फोरम नेपालबाट वीरगन्ज महानगरपालिकाको मेयरमा निर्वाचित भएका विजय कुमार सरावगीले आफू चढ्ने गाडीमा मेयर वीरगन्जको नेम प्लेट लगाएका छन् । सामाजिक सञ्जालदेखि लिएर वीरगन्जको प्रवुद्ध वर्गमा उक्त नेम प्लेटलाई लिएर अझैपनि अनेक टिका टिप्पणी हुने गरेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाको पक्षमा चुनावी माहौल बन्दै गएको छ । पछिल्लो समय उनको चुनावी अभियानमा कांग्रेसजन मात्र नभई तटस्थ र अन्य दलका मतदाता समेत जुट्न थालेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रसले मात्र मधेसी जनताको चाहना अनुसार संविधान संशोधन गर्ने दावी गरेका छन् । वीरगन्जमा विहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका सभापति समेत रहेका देउवाले नेपाल र मधेसको मुहार फेर्नका लागि कांग्रेसले नै जित्नुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले संविधानका कमीकमजोरी सुधारेर मधेसी जनताको चाहना र भावना अनुसार संविधान संशोधन गर्न एमालेले नमानेको बताए ।
कालीकोट, १३ मंसिर (रासस): खांडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा आज बिहान भएको बलेरो जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ ।