logo

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

काठमाडौँ, १३ जेठ । व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ ।

5/27/2017

दोस्रो चरणको निर्वाचनमा पनि ठुलो पार्टी हुने अध्यक्ष ओलीको दाबी

काठमाडौँ, १३ जेठ । तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

5/27/2017

निर्वाचनको मिति सार्न मुसलमान समुदायको आग्रह

पर्सा, १३ जेठ । स्थानीय तह दोस्रो चरण निर्वाचनको मिति सार्न पर्साका मुसलमान समुदायले सरकारसँग आग्रह गरेको छ ।

5/27/2017

महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

पोखरा, १३ जेठ । पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् ।

5/27/2017

रोकिएको मतगणना तीन घन्टापछि सुरु

चितवन, १३ जेठ । अर्धकट्टीसहितको मतपत्र भेटिएपछि आज बिहान ६ः ३० बजेदेखि रोकिएको मतगणना तीन घन्टापछि पुनः सुरु भएको छ ।

5/27/2017

एमाले र माओवादी बाहेकका तालमेल असफल: योगेश

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) का सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले अन्य पार्टीबीचको भन्दा एमाले र नेकपा (माओवादी) बीचको चुनावी तालमेल सफल भएको बताउनुभएको छ ।

5/26/2017

बर्दियाका छ स्थानीय तहमा प्रमुख दलबाट उम्मेदवार टुङ्गो (नामावली सहित)

बर्दिया, १२ जेठ । यही जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि जिल्लका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन् ।

5/26/2017

एमाले: चार नगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार चयन

काठमाडौँ, १२ जेठ । नेकपा (एमाले) को आजको स्थायी समितिको बैठकले स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनका लागि प्रदेश नं ५ अन्तर्गतका चार उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका लागि उम्मेदवार तय गरेको छ ।

5/26/2017

प्रमुख-उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक

झापा, १२ जेठ । नेकपा९माओवादी केन्द्र०ले बिर्तामोड नगरपालिकाका प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवारको नाम आज सार्वजनिक गरेको छ ।

5/26/2017

राजपा नेतृत्वको गठबन्धनबाट सङ्घर्षको घोषणा

काठमाडौँ, १२ जेठ । सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेतृत्वको सङ्घीय गठबन्धनले सङ्घर्षका कार्यक्रमको घोषणा गरेको छ ।

5/26/2017

बोलेका कुरा कार्यान्वयन गर्छु: महानगर प्रमुख जिसी

पोखरा, १२ जेठ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

5/26/2017

सोह्र हजार मतले एमालेका शाक्य अगाडि

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा ९एमाले०का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ ।

5/25/2017

पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी

पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभयो ।

5/25/2017

सांसद यादवद्वारा बगहीको ईर्नवामा बिद्यालय कोठा र पर्खाल निर्माणको शिलान्यास

वीरगंज ८ जेठ   । पर्सा क्षेत्र नं।२का सांसद बिचारी प्रसाद यादवले आज बेलवा गाँउपलिका वडा नं। २ ईनर्वा टोलमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक  बिद्यालयमा पर्खाल निर्माण र कार्यालय कोठाको शिलान्यास गरेका छन ।

5/22/2017

उम्मेदवार चयनकालागि नयाँ शक्तिले बनायो कार्यदल

बीरगंज ७ जेठ ।नयाँ शक्ति पार्टीको पर्सा जिल्ला कमिटीले ७ सदस्यीय कार्यदल निर्माण गरेको छ ।

5/21/2017

एमालेको डुमरवाना र शुकलैयामा जनभेला सम्पन्न

सिमरा, ७ जेठ नेकपा (एमाले) को स्थानीय निर्वाचन अभियान अन्तरगत आइतवार जीतपुरसिमरा उपमहानगर वडा नं. १५ को डुमरवाना चौधरीटोल र शुकलैयामा जनभेला सम्पन्न भएको छ । 

5/21/2017

सांसदद्वारा बिद्यालय भवनको शिलान्यास

वीरगंज,जेठ ७ वीरगंज  उपमहानगरपालिका वडा नं. २३ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा थप कक्षाकोठा भवन निर्माणको शिलान्यास गरिएको छ ।

5/21/2017

मतदानमा उल्लेख्य सहभागिता शिर्ष नेताहरुले भोट हाले

स्थानीय निकायको पहिलो तहको निर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । निर्वाचन आयोगका अनुसार बिहान साढे १० बजे सम्म ४२ प्रतिशत मतदान भएको छ ।

5/14/2017

शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी (तस्विर सहित)

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ ।

5/13/2017

माओवादी केन्द्रका उम्मेदवारको अपहरण

चितवन, ३१ वैशाख । माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ ।

5/13/2017

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.