logo

फोरमको क्षेत्रीय अध्यक्षमा यादव

विरगंज २८  फाल्गुन स् संघिय समाजवादी फोरम नेपालको पर्सा क्षेत्र नं। २ को क्षेत्रीय अधिवेशन आज गा।वि।स चोर्नीमा सम्पन्न भएको छ । क्षेत्र नं। २ को गाविस चोर्नीमा सम्पन्न अधिवेशनले वाशुदेव यादवको अध्यक्षतामा ५४ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।

3/11/2017

बन्दले बजार ठप्प

फागुन ११ पर्सा ।  बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको तिथि घोषणाको बिरुद्ध आन्दोलनको आव्हान गरेको मधेशी मोर्चाको बन्दका कारण बीरगंजको जनजीवन प्रभावित बन्यो । बन्दलाई सफल पार्न मोर्चा सम्वद्ध नेता तथा कार्यकर्ताहरु बिहानै सडकमा उत्रिएका थिए  ।

2/22/2017

राजतन्त्रको शैलीमा निर्वाचन गराउन खाजे परिणाम नराम्रो हुने चेतावनी

बीरगंज ११ फागुन । पर्साको सखुवा प्रसौनीमा नेपाल सघिय समाजबादी पार्टीको वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश सभा सम्पन्न भएको छ । मधेश बन्दको आयोजना गरिएको भए पनि कार्यक्रममा सहभागि हुन सोनवर्षा, पटेर्वा सुगौली, गादी, ,कौवाबन कटैया, देवरबना, निचुटा, महुवन, लखनपुर लगायतका गाविसबाट ट्रेक्टर लगायतका सवारी साधनबाट सयौंको संख्यामा स्थानिय वासिन्दाहरु सभामा सहभागी भएका थिए । भे

2/22/2017

मोर्चा द्वारा मधेश बन्दको आव्हान 

वीरगंज, १० फागुन । मन्त्रीपरिषद्को गत सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको विरोधमा मधेशी मोर्चाले मंगलवार बीरगंजमा मसाल जुलुस प्रदर्शन गरेको छ । मोर्चाले भोली बुधवार मधेश मधेश बन्दको आव्हान गरेको छ ।

2/21/2017

एमाले पर्साको पनि अधिवेशन हुने 

नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशन चैत २५ र २६ गते हुने भएको छ । विहिवार एमाले पार्टी कार्यालय मनमोहन नगर रामगढवामा  बसेको जिल्ला कमिटी बैठकले अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको एमाले पर्साका संयोजक चीरन्जीवी आचार्यले बताए । 

2/16/2017

फोरम नेपाल पर्साको अध्यक्षमा पुनः यादव 

वीरगंज, २९ माघ ।संघिय समाजवादी फोरम नेपाल पर्साको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रुपमा पूनःप्रदीप यादव चयन भएका छन  ।

2/11/2017

सभापतिको निर्वाचन दोश्रो चरणमा गयो तेश्रो शाक्ति निर्णायक हुने

वीरगन्ज २७ माघ । नेपाली काग्रेस पर्सा जिल्ला सभापतिको चुनवा दोश्रो चरणमा प्रवेश गरेको छ । नेपाली कांग्रेसको बैधानिक ब्यवस्था अनुसार सभापति पदमा बिजयी हुन ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने छ । पर्सा जिल्ला सभापतिकालागि बिहिवार सम्पन्न निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत हासिल नगरे पछि दोश्रो चरणको निर्वाचन हुने भएको हो ।

2/9/2017

नेता हुने मौका गुमाए द्विवेदीले

बिहीबार हुने भनिएको नेपाली कांग्रेस पर्साको १३ औँ अधिवेशनका लागि मंगलबार सभापति पदका लागि ५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

2/7/2017

कांग्रेस पर्सामा सभापतिका पाँच उम्मेदवार 

वीरगन्ज २५ माघ / नेपाली काग्रेस पर्साको जिल्ला अधिवेशनमा  ५ जनाले सभापतिमा उम्मेदवारी दिएका छन ।   सभापतिमा जनार्दन सिंह क्षेत्री  अजय द्विवेदी ,बशिष्ट नारायण कुर्मी  ,अशोक जयसवाल र सुश्री शान्ति कार्कीले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन । 

2/7/2017

सांसद यादवद्वारा गइयाघाट पुलको शिलान्यास

पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले आज एक कार्यक्रमका बिच गइयाघाट पुलको शिलान्यास गरेका छन । वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्ता स्थित श्रीसिया खोलामा डिभिजन सडक कार्यालय हेटौंडाको आर्थिक सहयोगबाट बन्न लागेको पुलकोे शिलान्यास गरेका हुन । 

2/6/2017

गौरवमया योजना निर्माणमा जनदवाव जरुरीः नेताहरु

फास्ट ट्रयाक तथा अन्तर्राष्ट्रिय विमान स्थल निर्माणका लागि सरकारलाई दवाव दिने उद्देश्यका साथ आज वाराको कोल्भीमा सर्वदलिय सहभागितामा वृहत जनदवाव सभा सम्पन्न भएको छ ।

2/4/2017

कांग्रेस र माओवादी केन्द् चुनाव नगराउने खेलमा ः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारवादी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रनै चुनाव नगराउने खेलमा लागेको बताएका छन् । सरकारले निर्वाचन आयोगलाई निर्वाचनको लागि तयारी गर्नु भन्दै पत्रचार गर्ने निर्णय गर्नु औचित्यहिन रहेको भन्दै थापाले मिति तथा कुन निकायको निर्वाचन गर्ने भन्ने विषयनै नसमेटिएको पत्रचारले केहि अर्थ नराख्ने स्पष्ठ पारे ।

2/3/2017

गाविस सचिवहरु आन्दोलनमा सेवाग्राहीलाई समस्या

माघ २१ बीरगंज प्रोत्साहन भत्ता नपाएका गाविस सचिवहरुले कामकज ठप्प पारेका छन । देशभरिका गाविस सचिवहरु काम छोडेर आन्दोलनमा उत्रिएपछि त्यसको प्रभाव मध्यतराईका जिल्लाहरुमा पनि परेको छ । सचिवहरुले काम बन्द गरेपछि सेवाग्राहीहरु मर्कामा परेका छन । धेरैजसो गाविस सचिव सदरमुकाममा बस्ने भएकाले गाउँगाउँबाट काम लिएर सदरमुकाम पुग्ने सेवाग्राहीहरु दोहोरो मारमा परेका छन ।

2/2/2017

बहस ठप्प सेवाग्राही सास्तीमा

माघ २१ बीरगंज सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्तिविरुद्ध प्रदेश नं २ मा बारले इजलाश बहिष्कार गरेको छ । सरकारी वकीलले आन्दोलन शुरु गरे पछि फिर्ता लिएको बारले फेरी आन्दोलन घोषणा गरेको हो ।  पर्सा देखि सप्तरी सम्मका ८ जिल्ला तथा २ नम्बर प्रदेशको उच्च अदालत वार एशोशिएशन आन्दोलनमा उत्रिएको कारण अदालतमा नियमित हुने गरेको बहस पैरवी प्रभावित हुँदा सर्वसाधारण मर्कामा परेका हुन ।

2/2/2017

अखण्ड पार्टीको उपाध्यक्ष एमालेमा

काठमाण्डौ १९ माघ अखण्ड नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुमार खड्का मन्त्री नियुक्त भएको एक महिना पनि वित्न नपाउँदै सो पार्टीकी उपाध्यक्ष पुष्पा भण्डारीले पार्टी परित्याग गरेकी छिन् । पार्टी परित्याग गरेकी भण्डारीले बुधबार नै नेकपा (एमाले) मा प्रवेश गरेकी छिन् । पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् ।

2/1/2017

एमालेलाई निषेध गर्ने अभियान फासीवाद हो ः नेता ज्ञवाली

हेटौडा १८ माघ नेकपा एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञावलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रको कारण देश र संविधान संकटमा परेको बताएका छन् । प्रेस चौतारी मकवानपुरले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञावलीले प्रचण्डले बाहीर निर्वाचन गर्छ भन्ने तर मधेशी दलहरुसँग अर्कै कुरा गर्ने गरेको बताए । मधेशमा रहेको आम समुदायहरु चुनावको पक्षमा रहेको बताउँदै ज्ञावलली सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न समेत आग्रह गरेका छन् । संविधान कार्यन्वयनको लागि निर्वाचनको कुनै विकल्प नभएको भन्दै उनले निर्वाचनबाट देशले निकास पाउने बताए । 

1/31/2017

चुनाव नभए संघीयता संकटमा

बीरगंजमा समाजका बिभिन्न समुदायमा रहेका बुद्धिजीवीहरु एउटै थलोमा बसेर नेपालको बर्तमान राजनीतिक अवस्थामा सम्वाद गरेका छन ।

1/29/2017

शहिद दिवसको अवसरमा बाल कल्याण गृहमा सामग्री वितरण

राजनैतिक दलहरुको सत्ताको लुछाचुडीका कारण शहिदहरुको अपमान भएको भन्दै वक्ताहरुले गुनासो गरेका छन् ।

1/29/2017

बीगंजमा स्व सिंहको सम्झना

मधेस आन्दोलनका प्रणेता एवं नेपाल सदभावना पार्टीका संस्थापक एवं तात्कालिन राष्ट्रिय अध्यक्ष गजेन्द्र नारायण सिंहको १५ औं बार्षिक पुण्य तिथीको अवसरमा  नेपाल सदभावना पार्टी पर्साले आज श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

1/23/2017

१० महिनामा पनि कांग्रेस अपूर्ण

माघ १० । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनको विषय उठाउँदा पार्टीकै नेता तथा कार्यकर्ताले अचेल पत्याउँदैनन् । देउवा सार्वजनिक ठाउँमा जब यो विषय उठाउँछन्, आकांक्षीहरू केही समय सलबलाउँछन् । आफू हुन र कसैलाई बनाउन दबाब समूहहरू सक्रियसमेत बन्छन् ।

1/22/2017

सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

गैरकानुनी ढंगबाट आर्जन गरेको भन्दै बिशेष अदालतमा गौतम बिरुद्ध मुद्धा दायर

काठमाण्डौ । यातायात व्यवस्था कार्यालय वीरगंजका तत्कालीन प्रमुख विरुद्ध भ्रष्टाचारको मुद्धा दायर भएको छ ।

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.