logo

एमालेको अराजकताले समस्या बल्झायोः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफनो पार्टीले मधेशी जनताको पक्षमा आवाज उठाउदै आएको बताएका छन । बीरगंजमा नेपाली कांग्रेस पर्साको क्षेत्र नं १को क्षेत्रीय सम्मेलनको उद्धघाटन गर्दै उनले मधेशी मोर्चाले उठाएका कतिपय माग प्रति आफनो पार्टीको समेत सकारात्मक दृष्टिकोण रहेको बताए  ।

4/4/2017

सम्बिधान कार्यान्वयनकालागि स्थानीय चुनाव आवश्यकःनेता राई

स्थानीय निर्वाचनको घोषणसंगै बारा जिल्लाका  १५ बटा स्थानिय तह नेकपा एमाले बाराले संगठन निर्माणको कामलाई तिब्रता दिएको छ ।

4/4/2017

सत्ता होइन अव चुनावमा जान्छौ ः अध्यक्ष गच्छदार

काठमाडौं ,२२ चैत । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक का अध्यक्ष बिजय कुमार गच्छदारले आफ्नो पार्टी स्थानीय चुनावमा जाने बताएका छन ।

4/4/2017

बाबुरामको पार्टीमा निरन्तर बिद्रोह

काठमाडौँ २१ चैत। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी बीच एकता हुने निश्चित भएपछी नयाँ शक्तिका बरिष्ठ नेताहरु असन्तुष्ट बनेका छन् । लामो समय पसिना बगाएको तत्कालिन एकीकृत नेकपा माओवादी परित्याग गरी वैकल्पिक राजनीतिक शक्तीका रुपमा नयाँ शक्ती पार्टी बनाएका पुर्वप्रधानमन्त्री डा.भट्टराई जातीवादी तथा क्षेत्रियतावादी दलसंग विलय हुन लागेको भन्दै नेता देवेन्द्र पौडेल नेतृत्वको समुह असन्तुष्ट बनेको हो ।

4/3/2017

एमालेले बैशाख १२ भित्र सबै उम्मेदवारको टुङ्गो लगाउने

काठमाडौ २१ चैत। नेकपा एमालले आफना तल्ला कमिटीहरुलाई उम्मेदवारको नाम सिफारिश गरेर पठाउन निर्देशन दिएको छ । त्यसको लागि नेकपा एमालले चैत ३० गते सम्मको सीमा तोकेको छ । ३० गते सम्म गाउँपालिका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कमिटीहरुले २०७४ वैशाख ४ गतेसम्म, जिल्ला कमिटीहरुले ०७४ वैशाख ७ गतेसम्म र प्रदेश कमिटीहरुले ०७४ वैशाख १० गतेसम्म उम्मेदवारको सिफारिस तथा निर्णय गरिसक्नुपर्नेछ ।

4/3/2017

सडक माथिबाट माटोको ढिस्को खस्दा गाडी पुरिए

भरतपुर २१ चैत्र । नारायाणघाट–मुग्लिन सडक खण्डमा पर्ने घुमाउने भन्ने स्थानमा सडक माथिबाट माटोको ढिस्को अचानक खस्दा गाडीहरु पुरिएका छन् । ढिस्को झर्दा  एकजनाको मृत्यु भएको छ भने एउटा जीप, ट्यांकर, ट्रक र दुईवटा बाइक पुरेको मुग्लिन प्रहरीले जनाएको छ । बिहान १० बजेतिर सडक माथिबाट ठूलो ढिस्को झरेको थियो । प्रहरीका अनुसार अहिले मुग्लिन तर्फबाट गएको एस्काभेटरले पुरिएका गाडीहरुलाई निकाल्ने प्रयास गरिरहेको छ ।

4/3/2017

भलुहीमा एमालेको भब्य भेला 

जीतपुर २१ चैत जीतपुर सिमरा उप महानगरपालिका वडा न २३ मा नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ। रामक्षेत्री पटेल को अध्यक्षता मा भएको भेला लाई संबोधन गर्दै सभासद नेजमा आलमले जनता को दुःख सुख मा एमालेले साथ दिएको हुनाले यसपली को चुनाव मा जनताले एमाले लाई नै साथ दिने विश्वास ब्यक्त गरिन।

4/3/2017

प्रेषण कार्यक्रमको बजेट आउँछ–फिर्ता जान्छ

सुषमा शर्मा वीरगंज, २० चैत । सरकारले गरीब, विपन्नवर्गका लागि ल्याएको प्रेषण कार्यक्रमबारे पर्सा जिल्लामा  सरोकारवाला सबै अनभिज्ञ रहेकाले विगत नौ वर्षदेखि यो कार्यक्रमका लागि आउने बजेट त्यत्तिकै छ ।

4/2/2017

निर्वाचन परिचालनकालागि एमालेले बनायो जम्बो कमिटी

बारा २० चैत्र ।    बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचन परिचालन गर्नकालागि नेकपा एमाले बाराले अध्यक्ष सुन्दर बिश्वकर्माको १५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बारामा आज सम्पन्न जिल्ला कमिटीको बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको हो । 

4/2/2017

अंगिकृतलाई महत्वपूर्ण पद दिन मिल्दैनः नेता डा.कोइराला

    अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई देशको संवेदनशिल पदमा लान  नमिल्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले बताएका छन् । निर्वाचन नजिकिदै गर्दा पार्टीलाई पर्सामा पनि अलि चलाएमान बनाउन वीरगन्ज झरेका नेता कोइरालाले नेपाल प्रेस युनियनका पूर्व सभापति काशीनाथ यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘मुलुकको संबेदनशिल चार पदमा अंगिकृत नागरिकता लिएर नेपालमा बसोबास गर्ने कसैलाई लान मिल्दैन’ उनले भने ।

4/2/2017

मधेशवादी दलकै गलत क्रियाकलापका कारण अधिकार पाउन ढिलाईः प्रवक्ता श्रीवास्तव

वीरगन्ज,१९ चैत । तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता बिमल श्रीवास्तवले  मधेसवादी दलकै गलत क्रियाकलापका कारण मधेसीले अधिकार पाउन ढिलाई भएको धारणा व्यक्त गरे । उनले  मधेसीको  मुक्तीको नाममा खोलिएको पार्टीलाई केही मधेसवादी दलका नेताले आफनो स्वार्थ पुर्तीकालागि राष्ट्रिय बनाउने सपान देखेको टिप्पण गर्दै श्रीवास्तवले त्यस्ता  दलहरुलार्इ आउने निर्वाचनमा मधेसी जनताले आफनो मताधिकारबाट  तह लगाउनु पर्ने सुझाए । 

4/1/2017

लायन्स क्लबद्वारा बिभिन्न कार्यक्रमको आयोजना

वीरगंज  १९चैत्र स्वच्छ, सफा र हराभरा  वीरगंज अभियान अन्र्तगत  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसले आज वीरगंज भंसार क्षेत्रमा रहेको केडिया डेन्टल कलेजको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।  लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका लायन विजय कुशवाहाको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका एक सय विरुवा रोपिएका छन् ।

4/1/2017

संशोधन बिना चुनावको च पनि सुन्न सक्दैनौंःसह अध्यक्ष कर्ण 

बीरगंज, १९ चैत । सदभावना पार्टी बीरगंज नगर कार्य समितिले आज नगरका अगुवा कार्यकर्ता संग देशर मधेशको बर्तमान परिस्थितिको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सदभावना पार्टीका सह अध्यक्ष एवं सभासद लक्षमणलाल  कर्णले  संविधान संशोधन नगरि मधेसको माग संस्थागत नगर्दा कुनै पनि चुनावको चु पनि सुन्न नचाहेको बताए ।

4/1/2017

स्थानीय तहको निर्वाचन पछि बिकासले गती लिन्छ ः सभासद यादव

बीरगंज १९ चैत । नेकपा एमाले पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादबले स्थानीय तहको निर्वाचन पश्चात नेपालमा विकासले गती लिने बताएका छन  । पर्साको बेल्वा गाउपालिकाको रामबनमा रहेको प्रावि स्कुलमा भवन निर्माण गर्न १० लाख विनियोजित रकमको जानकारी गराउदै सांसद यादबले सो कुरा बताएका हुन  ।

4/1/2017

स्थानीय तहको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ ः पूर्वमंत्री पौडेल

सीमरा १९ चैत । नेकपा एमालेका सांसद तथा पुर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले देशमा ताजा जनादेशका लागी निर्वाचन आवश्यक रहेको बताएका छन  । आसन्न स्थानीय निर्वाचनको तयारीमा एमालेले घनिभुत तयारी गरिरहेको बताउँदै साँसद पौडेलले अब देशको १ नम्बरको पार्टीका रुपमा एमाले स्थापित हुनेमा कुनै शंका नरहेको गरे ।

4/1/2017

म्यादी प्रहरी छनौट प्रक्रिया शुरु , पर्सामा ३ हजारले आवेदन भरे (फोटो फिचर सहित)

म्यादी प्रहरीमा भर्ना हुनकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा प्रोयोगात्मक परिक्षा दिदै यूवाहरु, एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको, स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यअवधि ५५ दिनको रहेको छ । म्यादी प्रहरीले नेपाल प्रहरीको जवानले खाईपाई आएको तलब तथा भत्ता बराबरको रकम पाउने छ ।

4/1/2017

अस्थायी शिक्षकहरुका लागि आयोग खुला

बीरगंज १८ चैत । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि आयोग खुलाएको छ । ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको शिक्षक सेवा आयोग प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । परीक्षा मिति भने पछि तोकिने आयोगले जनाएको छ ।

3/31/2017

मधेशकेन्द्रीत दलसंग तालमेल हुन सक्ने एमाले नीति

काठमाडौं१८ चैत । नेकपा एमालेले स्थानीय तहको चुनावमा कांँग्रेसलाई रोक्न आफ्नो राजनीतिक गतिविधिलाई निषेध गरेका मधेश केन्द्रीत दलसंग तालमेलको हुन सक्ने नीति अख्तियार गरेको छ । तर पार्टीले अन्य दलसँग तालमेल गर्नुपूर्व पार्टी केन्द्रको अनुमति अनिवार्य लिनुपर्ने सर्कुलर जारी गरेको छ ।

3/31/2017

म्यादी प्रहरीकोलागि सबैभन्दा बढी आवेदन प्रदेश नं २ मा

बीरगंज १८ चैत। आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीका लागि भएको आवेदनमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ।   मधेशकेन्द्रीत दलको प्रभाव क्षेत्रको रुपमा रहेको २ नम्बर प्रदेशमा सबै भन्दा बढी आवेदन परेको छ ।  प्रदेश २ मा ३५ हजारले म्यादी प्रहरी बन्न आवेदन दिएका छन्। प्रदेश २ निर्वाचनको रणनीतिक विवादमा रहेको प्रदेश पनि हो । मधेश केन्द्रीत दलले कुनै हालतमा चुनाव हुन नदिने बताउदै आएका छन । जसको प्रभाव बढी पर्ने प्रदेश भनेको २ नम्बर प्रदेश हो ।

3/31/2017

बम्जनले आफूलाई परमात्मा घोषणा गरे

काठमाण्डौ,१८ चैत ।झण्डै ११ वर्षअघि निराहार बसेर ज्ञान प्राप्त गरिएको प्रचार गरिएका राम बहादुर बम्जन अहिले २५ वर्षको लक्का जवान भएका छन । उनी त्यतीबैलै संसारकै लागि आकर्षणका केन्द्र बनेका थिए ।   अहिले बम्जनले आफूलाई परमात्मा घोषणा गरेका छन् । उनले आफूलाई मैत्री धर्मको अनुयायी बताउदै मैत्री धर्मको प्रचार गरिरहेका छन् । उनका अनुयायीहरुले ललितपुरको चुनिखेलमा विश्व मैत्री शान्तिपूजाको आयोजना गर्दैछन् र  पूजाको लाखौं खर्च गरेर व्यापक प्रचारप्रसार भइरहेको छ ।

3/30/2017

सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.