logo

अस्थायी शिक्षकहरुका लागि आयोग खुला

बीरगंज १८ चैत । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि आयोग खुलाएको छ । ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको शिक्षक सेवा आयोग प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । परीक्षा मिति भने पछि तोकिने आयोगले जनाएको छ ।

3/31/2017

मधेशकेन्द्रीत दलसंग तालमेल हुन सक्ने एमाले नीति

काठमाडौं१८ चैत । नेकपा एमालेले स्थानीय तहको चुनावमा कांँग्रेसलाई रोक्न आफ्नो राजनीतिक गतिविधिलाई निषेध गरेका मधेश केन्द्रीत दलसंग तालमेलको हुन सक्ने नीति अख्तियार गरेको छ । तर पार्टीले अन्य दलसँग तालमेल गर्नुपूर्व पार्टी केन्द्रको अनुमति अनिवार्य लिनुपर्ने सर्कुलर जारी गरेको छ ।

3/31/2017

म्यादी प्रहरीकोलागि सबैभन्दा बढी आवेदन प्रदेश नं २ मा

बीरगंज १८ चैत। आसन्न स्थानीय निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीका लागि भएको आवेदनमा मागभन्दा दोब्बर बढी आवेदन परेको छ।   मधेशकेन्द्रीत दलको प्रभाव क्षेत्रको रुपमा रहेको २ नम्बर प्रदेशमा सबै भन्दा बढी आवेदन परेको छ ।  प्रदेश २ मा ३५ हजारले म्यादी प्रहरी बन्न आवेदन दिएका छन्। प्रदेश २ निर्वाचनको रणनीतिक विवादमा रहेको प्रदेश पनि हो । मधेश केन्द्रीत दलले कुनै हालतमा चुनाव हुन नदिने बताउदै आएका छन । जसको प्रभाव बढी पर्ने प्रदेश भनेको २ नम्बर प्रदेश हो ।

3/31/2017

बम्जनले आफूलाई परमात्मा घोषणा गरे

काठमाण्डौ,१८ चैत ।झण्डै ११ वर्षअघि निराहार बसेर ज्ञान प्राप्त गरिएको प्रचार गरिएका राम बहादुर बम्जन अहिले २५ वर्षको लक्का जवान भएका छन । उनी त्यतीबैलै संसारकै लागि आकर्षणका केन्द्र बनेका थिए ।   अहिले बम्जनले आफूलाई परमात्मा घोषणा गरेका छन् । उनले आफूलाई मैत्री धर्मको अनुयायी बताउदै मैत्री धर्मको प्रचार गरिरहेका छन् । उनका अनुयायीहरुले ललितपुरको चुनिखेलमा विश्व मैत्री शान्तिपूजाको आयोजना गर्दैछन् र  पूजाको लाखौं खर्च गरेर व्यापक प्रचारप्रसार भइरहेको छ ।

3/30/2017

साहका हत्यारालाई कारवाही गर्न स्थानीय जनताको माग

बीरगंज १७ चैत ।बहुदरामाई गाउपालिकाको साविक बिश्रापुर गाविसका स्थानीयबासीले पर्साका प्रहरी प्रमुखलाई भेटेर सोही ठाउका अनोद साह कलवारको हत्या घटनालाई निष्पक्ष रुपमा अनुसन्धान गर्न माग गरेका छन । चैत १५ गते अनुहार चिन्न नसक्ने गरि गहुँबारीमा फालिएको अवस्थामा साहको लास फेला परेको थियो । 

3/30/2017

यादवको निधनमा  महासंघद्धारा दुःख व्यक्त

वीरगंज १७ चैत । स्व. पत्रकार काशीनाथ यादवको आज उहांकै जन्मथलो बारा जिल्लाको बेलदारीमा अन्तिम संस्कार गरिएको छ । । यसअघि बिहान वहांको पार्थिक शरिरमा नेपाल  प्रेस युनियनले उहांको पार्थिक शरिरमा युनियनको झण्डा ओढाएर सम्मान जाहेर गरेको थियो । 

3/30/2017

नेशनल मेडिकल कलेजमा ५ केजी ट्यूमारको सफल शल्यक्रिया

वीरगंज १७ चैत । वीरगंज स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. जगत प्रसाद दिपले अस्पतालमै एक बिरामीको ज्गनभ यखबचष्बल तगmयच को सफल अप्रेशन गरेका छन । बारा जिल्ला फेटा फुलवरिया . ८ घर भएकी १४ वर्षिय कविता साहको पेटमा करिब पाँच महिना देखि टयुमर पलाएको थियो । पाँच महिना देखी उपचारकालागि बिभिन्न अस्पताल चाहारे पनि अहिले मात्र सफल उपचार भएको भन्दै कविताका परिवारजनाले खुशी ब्यक्त गरे ।कविताका परिवारजनले छोरी रोगी हुनुको पीडा मात्र खेपेको थिएन समाज भित्रका केही मान्छेले दिएको मानसिक पीडामा पनि सहेको थियो ।

3/30/2017

जातिवादी महतोलाई छाड्यौः नेता यादव

गौर १७ चैत ।राजेन्द्र महतोले नेतृत्व गरेको सदभावना पार्टीका केन्द्रीय सदस्य एवं युवा बिभागका प्रमुख योगेन्द्र राय यादवले पार्टी परित्यागको घोषणा गरेका छन । उनले पार्टी अध्यक्ष सीमित जातीय घेरमा रमाउदै पार्टीलाई परिवारवादमा सिमति राखी अलोकतान्त्रिक रबैयामा चन्ल खाजेकोले असन्तोष जनाउदै उनले पार्टीबाट राजीनामा दिएका हुन ।रौतहटको राजनीतिकमा सदभावना पार्टीको चर्चित नेताको रुपमा स्थापित यादवले पार्टीबाट राजीनामा दिएपछि रौतहटमा सदभावना कमजोर भएको बताइन्छ  ।  उनले पार्टी पूर्ण

3/30/2017

पत्रकार यादवको निधन

वीरगञ्ज, १६ चैत ः प्रेस यूनियन पर्साका पूर्व सभापति एवं व्रह्मास्त्र दैनिकका प्रधानसम्पादक काशीनाथ यादवको ५७ वर्षको उमेरमा बुधबार निधन भएको छ । चैत १० गतेदेखि मस्तिष्कघात र स्वासप्रश्वासमा समस्या देखेपछि यादवलाई वीरगञ्जको अस्पतालमा भर्ना गराइएको थियो । 

3/29/2017

मृतक महिलाको पहिचान खुल्यो

वीरगन्ज १५ चैत  । पर्सा र बारा जिल्लाको सिमानामा पर्ने बारा जिल्लाको साविक गाविस प्रसौनी वार्ड न ८ सिंगाह खोलामा हत्या गरी फ्यालीएको अवस्थामा फेला परेको महिलाको पहिचान खुलेको छ । पर्सा जिल्लाको बीरगंज उपमहानगरपालिका वडा नं १९ साविक २१ को रामगढवा हेल्थपोष्टमा अहेवको रुपमा कार्यरत ३८ वर्षिया बविता पंडित रहेको बारा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैत १३ गते उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।

3/28/2017

एमालेलाई एनसेलको अफर, सरकार नीति परिर्वतन गर्दै

काठमाण्डौ, १५ चैत । एमाले नेता तथा कार्यकर्ताहरुले एनसेलको सिम बहिष्कार गर्ने निर्णय गरेपछि आत्तिएको एनसेलले  एक एमाले नेतामार्फत नेतृत्व तहमै चुनाव खर्च दिने र बहिष्कार नगर्न आग्रह गरेको छ । स्रोतका अनुसार एमालेका कार्यकर्ता, नेता, विद्यार्थी र भातृसंगठनहरुले मात्रै १० लाख एनसेलका सिम लिएको खबर छ । त्यो सिम बहिष्कार गरे भने एनसेललाई ठूलै धक्का लाग्ने भएकाले एनसेलका विदेशी कार्यकारीले चुनाव खर्च दिने पेसकस गरेका हुन् भनिदैछ ।

3/28/2017

भारु नसाटिने भएपछि तस्करहरु तनावमा

काठमाडौं, १५ चैत्र  । नेपालमा रहेको प्रतिबन्धित भारु पाँच सय र हजार दरका नोट सटही बारे भारतले कसिलो जवाफ दिएपछि यतिबेला ठूलो परिणाममा नोट संगालेर बसेका तस्करहरु तनावमा छन् । पछिल्लो समय भारु सटही बारे, नेपाल र भारतीय अधिकारी बिच छलफल चलेतापनि सीमा बढाउन नेपालले गरेको आग्रह भारतले अस्वीकार गरेको छ ।

3/28/2017

मनहरीमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

मकवानपुरको मनहरी गाउँपालिकाको नयाँ बस्तिमा गाँजा तस्कर र प्रहरीबिच गोली हानहान भएको छ । भारत निकासी गर्न लागिएको गाँजासहित तस्करहरुलाई पक्राउ गर्ने क्रममा गाँजा तस्करले गोली चलाएपछि जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी बामदेव गौतमले बताए । त्यसक्रममा तीनजना तस्कर पक्राउ परेका छन् ।

3/28/2017

बनगस्तीद्वारा अड्चालीस क्यूफिट काठ नियन्त्रण

बढनिहार १५ चैत । पर्सागढी गाउँपालिका साविक बागवाना गाविसको वडा नं ६ गुलरियाबाट बनगस्ती टोलीले आज बिहान ४८ क्यूफिट सालको काठ नियन्त्रणमा लिएको छ । 

3/27/2017

यस्तो छ निर्वाचनको कार्यतालिका

बैशाख ३१ मा हुने निर्वाचनकालागि आयोगले सार्वजनीक गरेको कार्यतालिका भने यस्तो छ ।

3/27/2017

नयाँ शक्तिका चार प्रभावशाली नेता निकालिए

काठमाडौं, १४ चैत । नयाँ शक्ति पार्टीले पार्टीको हित बिपरित काम गरेको भन्दै आफना चार जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । पार्टी भित्र राम्रो हैसियतमा रहेका नेताहरुलाई पार्टीले निष्काशन गरेको हो ।  पार्टी हित र मूल्य मान्यता विपरित गतिविधि गरेको भन्दै नयाँ शक्तिले सोमबार केन्द्रीय परिषद सदस्यहरु निर्मल भट्टराई, चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टी सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

3/27/2017

बिश्रामपुरमा एक युवकको अनुहार जलेको लास भेटियो

वीरगञ्ज, चैत १२ – बहोदरामाई गाउँपालिका साविकको बिश्रामपुर गाविसको कार्यालय नजिक एक युवकको लास फेला परेको छ । आगोले जलाएर अनुहार चिन्न नसक्ने गरि गहुँबारीमा फालिएको अवस्थामा लास फेला परेको हो । 

3/27/2017

कांग्रेस कार्य सम्पादन समितिमा रमेश रिजाल चयन

नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति आइतबार गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समिति बैठकले पहिलो कार्य सूचिमाथि छलफल गर्दै केन्द्रीय कार्यसम्पादन समितीमा रहने सदस्यको टुङ्गो लगाएको हो ।

3/26/2017

आचार्यलाई बिदा संयोजकमा प्रभु हजरा

 बीरगंज १३ चैत, आज नेकपा एमालेको स्थायी समितीको बैठकले पर्साको संयोजक चिरञ्जीबि आचार्यलाई बिदा दिएर नयाँ संयोजकमा प्रभु हजरालाई जिम्मेवारी दिएको छ । बैठकले बिद्यमान रहेको २३ सदस्यीय आयोजक कमिटिको संख्या बढाएर ३५ सदस्यीय बनाएको कुरा पर्सा जिल्ला निर्बाचन क्षेत्र नम्बर ३ बाट संसदमा प्रतिनिधीत्व गर्ने सभासद राजकुमार गुप्ताले बताए  ।

3/26/2017

खोला किनारमा महिलाको शव प्रहरीद्वारा अनुसन्धान शुरु

वीरगन्ज १३ चैत  । पर्सा र बारा जिल्लाको सिमानामा पर्ने बारा जिल्लाको साविक गाविस प्रसौनी वार्ड न।८ सिंगाह खोलामा हत्या गरी फ्यालीएको अवस्थामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेका छ ।

3/26/2017

सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

वीरगंजमा सुनकाण्डः व्यवसायी अभिषेक सर्राफको घरमा संयुक्त टोलीको छापा, करोडौँको स्रोत नखुलेको सुन बरामद

वीरगंज ।  वीरगंजस्थित एक सुन व्यवसायी अभिषेक सर्राफको घरमा  छापामारी गरी बहुल्य सुन चाँदी नियन्त्रणमा लिएको छ ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.