logo

छात्रावासमा होली समाग्री तथा फलफुल बितरण

वीरगंज २८फागुन  हिन्दुहरुको महान पर्व होलीको अवसरमा द राइजिङ्ग नेपाल वीरगंजले आज आमाको माया छात्रावासमा होली समाग्री तथा फलफुल बितरण कार्यक्रम गरेको छ । क्लबका अध्यक्ष पंकज पटेलको सभापतित्वमा सम्पन्न कार्यक्रमले छात्रावासमा रहेका १८ जना बालबालिकाहरुलाई अबिर, रंग , कपडा, मिठाई, फलफुल लगायतको समाग्री बितरण गरेको थियो । वीरगंज वडा नं। १३ आर्दशनगर आमाको माया छात्रावासको  सभाहलमा सम्पन्न समाजसेवी भवरलाल पारिक  सदभावना पार्टीका वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ जनजाती कल्याण आश्रमका प्रेम थुलुङ्ग, लगायतकाले आ आफनो धारणा राखेका थिए । 

3/11/2017

राउण्ड टेवलको आयोजनामा रक्तदान

बीरगंज २८ फाल्गुन । बीरगंज राउण्ड टेवलले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ७० जनाले रक्तदान गरेका छन । बीरगंजको टिवडेवाल धर्मशालामा कार्यक्रम आयोजना गरिएको हो । बीरगंजका सबै राउण्ड टेवलको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको सुसान्त चाचानले बताउनु भयो । मानव शरीरका अन्य अंगहरु प्रत्यारोपण हुन सक्ने भएपनि रगतको बिकल्प रगत मात्र हुने भएकोले जीवन जोगाउन मद्धत मिलोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको ऋषि खेतानले बताउनु भयो ।

3/11/2017

पर्खालले च्यापिएर एकको मृत्यु

वीरगन्ज ७ फागुन ।  बीरगंजमा ढल तथा नालाको निर्माण गर्ने क्रममा शनिबार बिहान पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर एक जना कामदारको मृत्यु भएको छ । पर्खाल भत्किएर खस्दा त्यसमा च्यापिएर रौतहटको रमौली ४ का राम पुकार सहनीको घटनास्थलमै मृत्यु भएको हो । अरु तीन जना कामदार गम्भिर घाइते भएका छन  । एशीयाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा वीरगन्जमा सन्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजना अन्तर्गत ढल निर्माणकालागि खाल्डो खनिदा पर्खाल भत्किएको हो

2/18/2017

युवाकालागि आइडल बन्दै रामनगरिका रमेश 

वीरगंज ७ फागुन / पर्सा जिल्लाको रामनगरी गाविसका एक युवकको पहलले सप्तरीका ३ परिवारको घर बन्ने भएको छ । भारतबाट आफनो अध्ययन पुरा गरि फर्किएका पर्साको रामनगरिका युवा बीरगंजेली पत्रकारहरुसंग पहिलो पटक साक्षत्कार गर्दै घर बनाउने प्रेरणाको बारेमा जानकारी गराउदै थिए ।  सामाजिक कार्यमै जीवन बिताउने प्रण गरेका साहले बिकृति र बिसंगतीपूर्ण राजनीतिक भडकाव प्रति सामाजिक संजाल मार्फत कडा प्रहार गर्ने गर्छन ।

2/18/2017

मदरसा अर्गनाइजेशनको  साधारण सभा सम्पन्न

सात बूंदे प्रस्ताव पारित गर्दै मदरसा अर्गनाइजेशन अफ नेपालको प्रथम साधारण सभा एमईएस स्कुल बीरगंजको प्राङ्गणमा सम्पन्न भएको छ ।

2/11/2017

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका मेघराज शर्मालाई

वीरगंज, २१ माघ /     पत्रकार एवं साहित्यकार गोपालचन्द्र गौतम (गोतामे)को स्मृतिमा स्थापित स्व. गोतामे पत्रकारिता पुरस्कार २०७३ पाल्पाका पत्रकार मेघराज शर्मालाई प्रदान गर्ने निर्णय भएको छ ।      प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा आज बसेको बैठकले यस वर्षको स्व. गोपालचन्द्र गौतम पत्रकारिता पुरस्कार छैठौं संस्करण पत्रकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका कोषाध्यक्ष शत्रुघ्न नेपालले बताए । 

2/3/2017

खाजा खर्च कटाएर सामुदायिक बिद्यालयमा रंगरोगन

वीरगंज,१७ माघ वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा स्थानिय युवाहरुले खाजा खर्च बाट रंगरोगन गराएका छन् । बिद्यालयमा निर्मित दुई कोठे नयाँ भवन, पर्खाल र मुख्य ढोकालाई स्थानिय युवाहरुले रंगरोग गराएका हुन ।

1/30/2017

हात्तीले घर भत्कायो

प्रस, ठोरी, १२ माघ/     चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जङ्गली हात्तीले ठोरीमा आतङ्क मचाउन थालेको छ । साँझ पर्नेबित्तिकै गाउँ पस्ने हात्तीले घर भत्काउनुका साथै घरमा भण्डारण गरी राखेको अन्नपात खाएर सताउन थालेपछि जनजीवन आतङ्कित बनेको हो ।

1/25/2017

बालविवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम

वीरगञ्ज, ११ माघ । पर्साको लालपर्सामा मंगलबार बालविवाह तथा दाईजो प्रथा विरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय पर्सा र जिल्ला बाल कल्याण समिति पर्साको सहयोगमा जिल्ला बाल क्लब सञ्जाल पर्साले सचेनामुलक कार्यक्रम गरेको हो ।

1/24/2017

अधिकारकर्मीको जिल्ला स्तरीय संजाल गठन

अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुको भेलाले आज जिल्ला स्तरीय मानव अधिकार निगारानी समुह पर्सा गठन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्साको संयोजनमा भएको भेलाले सहयोगी नेपालका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा संजाल गठन गरेको हो । उपाध्यक्षमा महिला अधिकार मंचका राजकुमारी यादव,सचिवमा बिकास नेपालका समसुल हवारी र कोषध्यक्षमा महिला जागरण समाज पर्साका निलम पन्त रहेकी छिन ।

1/23/2017

बीरगंजका उधोगी बैध सम्मानीत

वीरगञ्ज, ८ माघ/वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष एवं वीरगञ्ज उपमहानगरपालिकाका सद्भावना दूत तथा शालिमार समुहका निर्देशक उद्योगपति अशोक कुमार  बैध भारतीय राजदूतावासको सहभागितामा नीति अनुसंधान प्रतिष्ठान नेपाल द्वारा अयोजीत सम्मान कार्यक्रममा सम्मानीत हुन भएको छ । 

1/22/2017

दुध विक्री गरेर एघार लाख रुपैयाँ आर्जन

बारा, ९ माघ ः बाराको गढिमाई नगरपालिका १६ डकाहामा रहेको प्रशंसा गाईपालन कृषि फारमले बार्षिक ११ लाख रुपैयाँको दुध बिक्री गरेको छ । स्थापना गरेको तीन बर्ष पछि प्रशंसा गाईपालन कृषि फारमले १५ वटा गाई र ५ वटा भैसिबाट एक वर्षमा २४ हजार लिटर दुध बिक्री गरेर ११ लाख रुपैयाँ आर्जन गरेको फारमकी राममाया तामाङले बताइन ।

1/22/2017

बन्द हड्तालकावीच पनि सडक अतिक्रमण हटाइने

हेटौडा ६ माघ । डिभिजन सडक कार्यलय मकवनपुरले बिहिवार पनि सडक फराकिलो अभियान जारी राखेपछि हेटौँडाको राप्तिरोडमा सामान्य झडप भएको छ ।आन्दोलनकारी ब्यवसायी र प्रहरीबीच केही समय सामान्य झडप भएको हो । डिभिजन कार्यालयले आज बिहानबाट पुन सडक अतिक्रमण हटाउने अभियानलाई जारी राखेको छ ।

1/19/2017

करणी प्रयास आरोपमा बृद्ध गिरफ्तार

बीरगंज ६ माघ /जर्वजस्ती करणीको आरोपमा पर्साको सुवर्णपुर गाविस वडा नं १ का ५० वर्षिय बृद्ध धनबहादुर मगरलाई प्रहरीले बिहिवार गते गिरफ्तार गरेको छ । 

1/19/2017

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सम्झौता कार्यान्वयनमा ढिलाइप्रति आक्रोश, देवानगञ्जका मृतकलाई शहीद घोषणा गर्न माग

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाका मृतकलाई तत्काल शहीद घोषणा गर्न तथा पीडित परिवारसँग सरकारले गरेको लिखित सम्झौता अविलम्ब कार्यान्वयन गर्न विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन्।

वन व्यवस्थापन तथा काठ उपभोगसम्बन्धी झन्झटिला नियमलाई सरल बनाउन पहल आवश्यक छः  वनमन्त्री चौधरी

बीरगंज ।मधेश प्रदेश सरकारका वन तथा वातावरणमन्त्री शंकरप्रसाद चौधरीले एउटा रुख काट्दा कम्तीमा दशवटा रुख रोप्ने नीति अवलम्बन गर्न साझेदारी वन उपभोक्ता समूहलाई सुझाव दिएका छन।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.